काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले प्रतिनिधि सभा सदस्यबाट राजीनामा दिएर आन्दोलनमा संलगन भएको घोषणा गरेका छन् ।

उनले मंगलवार प्रेस विज्ञप्ति जारी गर्दै प्रतिनिधि सभाको सदस्यको हैसियतमा, आजको मितिदेखि तत्काल प्रभावका साथ संसद सदस्य पदबाट राजीनामा दिएको जनाएका छन् ।

शाहले आजबाटै जेनजी आन्दोलनमा सहभागी हुने घोषणा पनि गरेका छन् ।