हुम्लामा बिरामी बोकेको बोलेरो दुर्घटना,४ जनाको मृत्यु
खबर एक्सप्रेस
२०७७-०८-२० ०८:१८ मा प्रकाशित
Total Shares: 317
काठमाडौं - हुम्लामा बिरामी बोकेको बोलेरो जीप दुर्घटना हुँदा चार जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छ।
सदरमुकाम सिमकोटबाट बिरामी लिन हेप्काखोला गएको लु २ च २१०२ नम्बरको बोलेरो दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय हुम्लाले जनाएको छ ।
हेप्काखोलाबाट बिरामी लिएर सिमकोट फर्किने क्रममा सिमकोट गाउँपालिका ७ को डाँडाफयामा राति ११ बजे जीप दुर्घटनामा परेको हो। जिप सडकबाट करिब पाँच सय मिटर तल पुगेको छ।
दुर्घटनामा ज्यान गुमाउने सनाखत हुन सकेको छैन । घाइतेको हुम्ला जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस