काठमाडौं, एजेन्सी - चीनको वुहानबाट फैलिएको कोरोना भाइरसका कारण विश्वभर करोडौँ मानिसहरु संक्रमित भइसकेका छन् । त्यस्तै लाखौँ मानिसहरुको ज्यान गइसकेको छ । 

बेलायतमा कोरोना भाइरसका कारण १० महिनापछि एक जना पनि कोरोना संक्रमितको ज्यान नगएको मिडिया रिपोर्टमा उल्लेख छ । 

तीब्र रुपमा खोप कार्यक्रम सञ्चालनमा आएपछि उक्त सफलता देखिएको मिडिया रिपोर्टमा उल्लेख छ । 

बेलायतमा करिब १० महिनापछि पहिलोपल्ट मंगलबार शुन्य मृत्यु रिपोर्ट दर्ता भएको हो । 

बेलायतका विज्ञहरूले घोषणा गरेका छन् कि कोरोना भाइरसविरुद्धको खोपका कारण कोरोना विस्तारै नियन्त्रणमा आएको हो ।  तर, विज्ञहरुले तेस्रो लहर आउने चेतावनी दिइसकेका छन् ।