मेलम्ची खानेपानी आयोजनाः गिट्टी र बालुवा आपूर्तिकर्ताले भुक्तानी पाउने
खबर एक्सप्रेस
२०७६-०९-१८ ११:०० मा प्रकाशित
Total Shares: 286
काठमाडौं - पुरानो ठेकेदार कम्पनी इटालीको सीएमसीबाट भुक्तानी पाउन बाँकी गिट्टी र बालुवा आपूर्तिकर्ताहरुले मेलम्ची खानेपानी आयोजना कार्यालयबाट भुक्तानी पाउने भएका छन् ।
उनीहरुले कुल करीब डेढ करोड रुपैयाँ प्राप्त गर्ने भएका हुन् । सीएमसीलाई आपूर्ति गएिको सामान र त्यसका लागि आपूर्तिकर्ताले प्राप्त गर्न बाँकी रहेको रकमका सम्बन्धमा अध्ययन गर्न एक प्राविधिक समिति गठन गरिएको थियो ।
समितिको सिफारिशका आधारमा उक्त रकम भुक्तानी गर्ने आयोजनाको बोर्ड बैठकले निर्णय गरेको कार्यालयले जानकारी दिएको छ ।
आर्थिक अभियान दैनिकबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस