काठमाडौं - संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपाल एयरलाइन्सका अध्यक्ष युवराज अधिकारीसँग अश्लील शब्द प्रयोग गरी गाली र हातपात गरेको अडियो सार्वजनिक भएसँगै विवादमा तानिएका छन् ।

अपशब्द प्रयोग गर्दै मन्त्री आलीले अध्यक्ष अधिकारीलाई दुव्र्यव्याहार गरेको सुनिने अडिओ अन्नपूर्ण पोस्ट्ले सार्वजनिक गरेसँगै उनको आलोचना भएको छ ।

यसअघि पनि उनले एकजना युवकलाई टेलिफोनवाट अपशब्द प्रयोगरेको अडियो सार्वजनिक भए पछि विवादमा तानिएका थिए । मन्त्री आले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादीबाट शेरबहादुर देउवा मन्त्रीमण्डलमा प्रतिनिधित्व गर्दै आएका छन् ।

सो अडिओ सार्वजनिक भए लगत्तै सामाजिक सञ्जालमा उनको राजिनामा माग गर्न थालिएको छ ।