काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी नेकपा को स्थायी कमिटी बैठक आज बस्दैछ । बिहान ११ बजे पार्टी कार्यालय धुम्बाराहीमा बस्ने भनिएको बैठकमा भारतले गरेको भूमि अतिक्रमण र सरकारको नीति तथा कार्यक्रम मुख्य एजेन्डा रहेको निकट स्रोतले बताएको छ ।

यसअघि गत बैशाख २५ गते बस्ने तय भएको बैठक अन्तिक समयमा आएर स्थगित भएको थियो । २४ गते बसेको पार्टीको सचिवालय बैठकको बीचमै गाह्रो भयो भनेर प्रधानमन्त्री केपी शर्मा हिँडेपछि बैठक स्थगित भएको हो ।

त्यसयता कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पटक-पटक भेटे पनि ओली बैठक राख्न सहमत थिएनन् । तर एकाएक बैठक तय भएको सूचनासहित स्थायी समिति सदस्यहरुलाई बैठकमा बोलाइएको छ ।

यसअघि सरकारको कार्यशैलीप्रति असन्तुष्ट स्थायी कमिटीका २० सदस्यहरुले अध्यक्षद्वय ओली र प्रचण्डलाई पत्र लेखेरै स्थायी कमिटी बैठक बोलाउन माग गरेका थिए ।