थप २६० जनामा कोरोना पुष्टि, सक्रिय संक्रमित दुई हजार नजिक
खबर एक्सप्रेस
२०७७-१२-२४ ०४:५८ मा प्रकाशित
Total Shares: 235
काठमाडौं - नेपालमा पछिल्लो २४ घण्टामा थप २६० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको परिक्षणमा २६० जनामा संक्रमण देखिएको हो । योसँगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७८ हजार ४७० पुगेको छ ।
पछिल्लो २४ घण्टामा ११३ जना कोरोना संक्रमणमुक्त भएका छन् । हालसम्म २ लाख ७३ हजार ४५५ जना संक्रमणमुक्त भएका छन् ।
अहिलेसम्म नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ३६ पुगेको छ । आज कोरोनाबाट थप व्यक्तिको मृत्यु नभएको मन्त्रालयको वेभसाइटमा उल्लेख छ । नेपालमा हाल सक्रिय संक्रमितको संख्या १ हजार ९७९ रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस