स्वास्थ्यमन्त्रीको गलत सूचना, कोरोना संक्रमित युवक एयर अरेबियाबाट काठमाडौँ आएको खुलासा
काठमाडौं - कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएका धादिङका ३२ वर्षिय युवक दुबईबाट शारजहाँ हुँदै काठमाडौँ आएको खुलाशा भएको छ ।
तर बुधबार आयोजित भर्चुअल पत्रकार सम्मेलनमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले नेपालमा कोरोना संक्रमित भेटिएका तेस्रो व्यक्ति कतारबाट आएको भनी जानकारी गराएका थिए । त्यसपछि स्वास्थ्य मन्त्रालयले मन्त्रीले दिएको जानकारी गलत भएको भन्दै सुचना जारी गरेको छ ।
संक्रमित व्यक्ति कतारबाट नभएर एयर अरेबियाबाट आएको भन्दै स्वास्थ्य मन्त्रालयले गल्ती सुधारेको हो ।मन्त्रालयले आफ्नो फेसबुक पेजमा ‘कोरोना भाइरस (कोभिड(१९)का तेस्रो संक्रमित व्यक्ति मार्च १९ (चैत ६) गते एयर अरेबियाको फ्लाइट नम्बर जी९५३७ बाट राति १०ः९ बजे त्रिभुवन विमानस्थलमा अवतरण गरेको’ जानकारी दिएको छ ।
फेसबुक पेज Like गर्नुहोस