काठमाडौं - जर्बजस्ती करणीको अभियोगमा थुनामा रहेका प्रतिनिधिसभाका निवर्तमान सभामुख कृष्णबहादुर महराले सफाई पाएका छन् । 

सोमबार जिल्ला अदालतका न्यायाधीश अमरराज पौडेलको इजलासले महरालाई सफाइ दिएको हो । संघीय संसदको सचिवालयमा कार्यरत एक महिला कर्मचारीलाई बलात्कार प्रयास गरेको अभियोगमा महराविरुद्ध जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता भएको थियो ।तर घटनामा आफ्नो कुनै संलग्नता नभएको भन्दै महराले आरोप अस्वीकार गर्दै आएका थिए ।

महरा गत कात्तिक १८ देखि पुर्पक्षका लागि थुनामा रहेका छन् । आजै जेलबाट रिहा हुने पनि स्रोतले बताएको छ ।