सभापति चयन गर्न संसदीय सुनुवाइ समितिको बैठक बस्दै
काठमाडौं - संघीय संसद्को संसदीय सुनुवाइ समिति (संयुक्त), २०८० को बैठक आज बस्दै छ ।
कानुन, न्याय तथा मानव अधिकार समितिको हलमा साँझ सवा ५ बजे बैठक बस्न लागेको हो । समितिको बैठकमा सभापतिको निर्वाचनका सम्बन्धमा प्रक्रियाअगाडि बढाउने कार्यसूची छ ।
उक्त समितिको सभापति ईश्वरीदेवी न्यौपानेले राजीनामा दिई राज्य व्यवस्था तथा सुशासन समितिको सभापति निर्वाचित भएपछि सभापति पद रिक्त छ । सोही समितिको सभापति चयनका लागि बैठक बोलाइएको हो ।
समितिको सभापति पदमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडा निर्विरोध भइसकेका छन् । संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेले जारी गरेको विज्ञप्तिअनुसार, बिहीबार दिउँसो २ देखि ४ बजेसम्म दिएको समयावधिमा खतिवडाको एकल उमेदवारी परेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस