एनआईसी एशिया बैंक र ग्लोबल हस्पिटलबीच सम्झौता
खबर एक्सप्रेस
२०७६-०३-३० ११:०० मा प्रकाशित
Total Shares: 752
काठमाडौं - एनआईसी एशिया बैंक लिमिटेड र ग्लोबल हस्पिटलबीच सम्झौता भएको छ ।
सम्झौतामा बैंकका कर्मचारी, डेबिट एवं क्रेडिट कार्डवाहक तथा बैंकका सम्पूर्ण ग्राहकवर्गलाई ग्लोबल हस्पिटलमा उपचार गराउँदा विभिन्न सेवा सुविधाहरुमा १५५ सम्मको छुट प्रदान गर्ने सम्झौता भएको हो ।
उक्त सम्झौता पत्रमा बैंकको तर्फबाट डिजिटल विजनेशका इन्चार्ज रौनक करवा र ग्लोबल हस्पिटलको तर्फबाट हस्पिटलका मानव संशाधन तथा वित्त विभाग प्रमुख हिमान्सु झाले हस्ताक्षर गरेका छन् ।
फेसबुक पेज Like गर्नुहोस