काठमाडौं - नेपालको संविधान संशोधन विधेयक ०७७ माथि विचार गरियोस् भन्ने प्रस्ताव आज प्रतिनिधिसभा बैठकमा प्रस्तुत हुने भएको छ ।

संसद सचिवालयका अनुसार कानुन, न्याय तथा संसदीय मामिला मन्त्री डा। शिवमाया तुम्बाहाङ्फेले सो प्रस्ताव पेश गर्ने छिन् ।

मंगलबार बैठक विहान ११ बजेबाट शुरू हुनेछ ।

संविधानको अनुसूची ३ मा रहेको नेपालको निशान छापभित्र रहेको नक्सालाई वास्तविक सीमाअनुसार मिलाउन संविधान संशोधन गर्न संशोधन प्रस्ताव दर्ता गरिएको थियो ।

भारतले अतिक्रमण गरेको नेपाली भूभाग लिपुलेक, लिम्पियाधुरा र कालापानीसमेत समेटेर जारी नयाँ नक्सा अनुसार संविधान संशोधन गर्न लागिएको हो ।