यसकारण वामदेवले दिएनन् राष्ट्रिय सभामा उम्मेदवारी
खबर एक्सप्रेस
२०७६-०९-१९ ११:०० मा प्रकाशित
Total Shares: 243
काठमाडौं - राष्ट्रिय सभा सांसद पनि प्रधानमन्त्री बन्न पाउने गरी संविधान संशोधन गर्नुपर्ने प्रस्ताव अस्वीकृत भएपछि नेकपा नेता वामदेव गौतमले राष्ट्रिय सभा सदस्य उम्मेदवार बन्न इन्कार गरेका छन् ।
शुक्रवार बसेको सचिवालय बैठकमा नेता गौतमले संविधान संशोधन प्रस्ताव गरेका थिए ।
उनी ०७४ को चुनावमा बर्दियाबाट पराजित भएका थिए । यसअघि काठमाडौं–७ र डोल्पामा उपचुनाव गराएर प्रतिनिधिसभामा आउने गौतमको चाहना असफल भएको थियो ।
अन्नपूर्ण पोस्टबाट

.gif)



फेसबुक पेज Like गर्नुहोस