सिन्धुपाल्चोकमा भेटिए कोरोनाको लक्षणसँग मिल्दाजुल्दा बिरामी,सहयोगका लागि सरोकारवालालाई पत्राचार
काठमाडौं - नेपालमै पहिलो पटक सिन्धुपाल्चोकमा चीनमा फैलिएको कोरोना भाइरसका २०१ जना बिरामी देखा परेका छन् । यस्तो लक्षण गाँउमा देखापरेपछि गाउँपालिकाले सहयोगका लागि सरोकारवालालाई पत्राचार गरेको छ।
सिन्धुपाल्चोकको जुगल गाउँपालिकाको वडा नम्बर ३ मा कोरोना भाइरसको संक्रमणका लक्षण देखिएको छ। जुगल गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले हालसम्म २०१ जनामा कोरोना भाइरसको संक्रमणको लक्षण देखिएको जानकारी दिए।
‘हामीले यसको लक्षण देखिने वित्तिकै मन्त्रालयलाई पत्र देखेर जानकारी गराएका थियौं,’ अध्यक्ष श्रेष्ठले भने, ‘तर मन्त्रालयले आफूहरुसँग सीमित स्वास्थ्यकर्मीमात्रै भएको र अहिले नआत्तिनु उतै म्यानेज गर्नु भन्ने जवाफ दियो।’ गाउँपालिकाले अत्यन्त जरुरी पत्र भन्दै बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयलाई पत्र पठाएको छ। तर, मन्त्रालयले भने आफूहरुसँग जनशक्ति नभएको जवाफ दिएको गाउँपालिका अध्यक्ष होमनारायण श्रेष्ठले बताए।
करिब १०० जना नर्सहरुले आकस्मिक सेवा दिइरहेकामा अहिले गाउँपालिकाले मात्रै उपचार गरिरहेको छ । श्रेष्ठले आफू विहानैदेखि मास्क, औषधिलगायतका समाग्री लिएर आफू अहिले पनि प्रभावित क्षेत्रमा रहेको बताए।
फेसबुक पेज Like गर्नुहोस