संचारकर्मी रवि लामिछाने कोरोना संक्रमित
खबर एक्सप्रेस
२०७७-०७-१३ १०:०३ मा प्रकाशित
Total Shares: 919
काठमाडौं - संचारकर्मी रवि लामिछाने कोरोना भाइरस संक्रमित भएका छन् । उनले सामाजिक संजाल ट्वीटरमार्फत आफू संक्रमित भएको पुष्टि गरेका हुन् ।
उनीसँगै उनकी पत्नी एवं नेपाल चलचित्र विकास बोर्डकी पूर्व अध्यक्ष निकिता पौडेल पनि संक्रमित भएकी छिन् । रविले लेखेका छन्, ‘मंगलबार रातिबाट हल्का ज्वरो आएपछि पीसीआर गर्दा म र निकीता दुबैमा कोरोना पोजेटिभ देखिएको छ ।’
फेसबुक पेज Like गर्नुहोस