आज हर्षोल्लासका साथ तमु ल्होसार मनाउँदै गुरुङ समुदाय
काठमाडौं - गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गर्दै आज देशभर ‘तमु ल्होसार’ पर्व धुमधामका साथ मनाइरहेका छन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिनु हुने भएकाले वर्ष फेरिने दिनलाई गुरुङ समुदायले ‘तमु ल्होसार’ का रूपमा मनाउने गर्दछन् ।
तमु ल्होसार पर्व विशेषगरी सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्यता रहेका जिल्लाहरू लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की र पर्वत लगायतका क्षेत्रमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मै यो पर्व मनाउने ऐतिहासिक र प्राकृतिक परम्परा रहेको छ । पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछि क्रमश ः दिन लम्बिँदै जाने भएकाले पनि यो समयको विशेष महत्त्व रहेको जानकारहरू बताउँछन् ।
यस अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ । आज विराटनगरको हाटखोलामा गुरुङ समुदायले विशेष कार्यक्रम र ल्होसार पर्व मनाउने तयारी गरेको छ । आइतबारदेखि नै सुरु भएको उक्त महोत्सवमा हजारौँ सर्वसाधारणको सहभागिता रहेको छ ।
महोत्सवमा गुरुङ समुदायका मानिसहरू आफ्नो मौलिक एवं सांस्कृतिक वेषभूषामा सजिएर सहभागी भएका छन् । कार्यक्रममा गुरुङ संस्कृति झल्काउने विभिन्न झाँकी, नाचगानका साथै परम्परागत परिकारहरूको प्रदर्शनी समेत गरिएको छ । सूर्यको किरण र प्राकृतिक चक्रसँग जोडिएको यो पर्वले गुरुङ समुदायको पहिचान र परम्परालाई थप प्रवर्द्धन गर्ने विश्वास लिइएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस