काठमाडौं,एजेन्सी - ओरम्याक्स मिडियाले हरेक महिना लोकप्रिय पुरुष र महिला स्टारहरूको सूची जारी गर्दछ । ओरम्याक्सद्वारा साझा गरिएको फेब्रुअरी सूची अनुसार, शाहरुख खान भारतको सबैभन्दा लोकप्रिय फिल्म स्टार बनेका छन् । 

यस्तै, दोस्रो स्थानमा सलमान खान र तेस्रो स्थानमा अक्षय कुमार रहेका छन् । यसैगरी चौंथो स्थानमा ऋतिक रोशन रहँदा पाँचौं स्थानमा रणवीर कपुर रहेका छन् ।

यसैबीच महिला कलाकारमा भने दीपिका पादुकोणलाई पछि पार्दै आलिया भट्टले पहिलो स्थान हासिल गरिन् । दोस्रो स्थानमा दीपिका र हालै विवाह गरेकी कियारा आडवाणी तेस्रो स्थानमा अटाएकी छन् । यसैगरी सूचीको चौंथो स्थानमा कटरिना कैफ रहेकी छन् भने पाँचौ स्थानमा कृति सेनन रहेकी छन् ।