काठमाडौं - ताप्लेजुङमा एमालेका क्षितिज थेबे विजयी भएका छन् । उनले १३,९६२ मत पाएका छन् । उनका नजिकका प्रतिस्पर्धी नेपाली कांग्रेसका गजेन्द्रप्रसाद तुम्याङ लिम्बूले ११,७११ प्राप्त गरे ।

नेपाल कम्युनिस्ट पार्टीका खेलप्रसाद बुढाक्षेत्रीले ६७७५ मत पाउँदा श्रम सँस्कृति पार्टीका सन्तोष राईले ५२०९ र राष्ट्रिय स्वतन्त्र पार्टीका वीरेन्द्र श्रेष्ठले ४१५५ मत पाएका छन् ।

अघिल्लो निर्वाचनमा यस क्षेत्रमा एमालेकै योगेश भट्टराई विजयी भएका थिए ।