प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं - संघीय संसद्अन्तर्गत प्रतिनिधिसभा बैठक आज बस्दै छ । बैठक दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा बस्न लागेको हो ।
संसद् सचिवालयका अनुसार बैठकमा अर्थ समितिका सभापति सन्तोष चालिसेले ‘वैकल्पिक विकास वित्त परिचालन विधेयकसम्बन्धी समितिको प्रतिवेदन, २०८२’ पेस गर्नेछन् ।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले ‘औद्योगिक सम्पत्तिसम्बन्धी विधेयक, २०८२ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले ‘राष्ट्रियसभामा उत्पत्ति भएको पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस