काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले आज संसदमा जवाफ दिँदैछन् ।

मंगलबार प्रधानमन्त्रीले प्रतिनिधिसभा बैठकमा सरकारले आगामी वर्षको लागि ल्याएको नीति तथा कार्यक्रममाथि सांसदहरुले उठाएका प्रश्नहरुको जवाफ दिन लागेका हुन् ।

प्रतिनिधिसभा बैठक दिउँसो १२ बजे बस्ने छ । सरकारले ल्याएको नीति तथा कार्यक्रममाथि प्रतिपक्षी दलले ७ वटा संसोधन राखेका छन् ।

प्रधानमन्त्रीले जवाफ दिएपछि आर्थिक वर्ष २०७७/७८ को लागि सरकारको वार्षिक नीति तथा कार्यक्रममाथि प्राप्त संशोधनहरुलाई निर्णयार्थ पस्तुत गरिने कार्यसूची रहेको छ ।