विश्वराज पोखरेल एआईजीमा बढुवा सिफारिस
काठमाडौं - नेपाल प्रहरीका नायव महानिरीक्षक (डीआईजी) विश्वराज पोखरेल अतिरिक्त महानिरीक्षक (एआईजी) मा बढुवा सिफारिस भएका छन् । सोमबार गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले उनलाई एआईजीमा बढुवा सिफारिस गरेको हो ।
केही अघिमात्र मन्त्रिपरिषद् बैठकले एआईजीको दरबन्दी थपेको थियो भने सोही दरबन्दीमा उनी बढुवा सिफारिस भएका हुन् । बैठकपछि गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई प्रेषित गरेको पत्रमा प्रहरी नियमावली, २०७१, (संशोधन सहित) को नियम २७ को उपनियम (४) को प्रावधानअनुसार सिफारिस गरिएको उल्लेख छ ।
पोखरेल हाल महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा कार्यरत रहेका छन् भने अबको मन्त्रिपरिषद् बैठकले स्वीकृत गरेपछि उनी एआईजीमा बढुवा हुनेछन् ।
गृहले उनलाई बढुवा सिफारिस गरेसँगै उनी आगामी आईजीपी बन्ने पक्कापक्की जस्तै देखिएको छ ।
फेसबुक पेज Like गर्नुहोस