काठमाडौं - आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम जेठ २ गते संसदमा प्रस्तुत हुने भएको छ ।

संघीय संसदको संयुक्त बैठकमा सरकारले आर्थिक वर्ष २०७७/७८ को लागि बजेटका प्राथमिकता तथा सिद्धान्त जेठ २ गते पेश गर्ने कार्यतालिका तय भएको नेकपा संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए ।

यस्तै, वैशाख २८ गतेबाट प्री-बजेट छलफल सुरु हुने भएको छ । जेठ १५ गते बजेट आउने संवैधानिक व्यवस्था भएकाले त्यसको १५ दिनअघि नै प्रिबजेट छलफल गर्नुपर्ने कानुनी व्यवस्था छ। संघीय संसदको अधिवेशन शुक्रबारबाट सुरु हुँदैछ।