काठमाडौं - भारतीय सेनाध्यक्ष मनोज मुकुन्द नरवणे सोलुखुम्बु पुगेका छन् । आफ्नो तीन दिने भ्रमणको क्रममा शुक्रबार बिहान उनी सोलुखुम्बु गएका हुन् ।

उनले बिहान राष्ट्रपति विद्यादेवी भण्डारीका लागी खरिद गरिएको हेलिकप्टरमा माउन्टेन फ्लाईट गरेका छन् । यस्तै, माउन्टेन फलाईटपछि उनी खुम्बु पासाङल्हामु गाउँपालिका जाने अनौपचारिक कार्यक्रम रहेको सेनाका एक उच्च अधिकृतले जानकारी दिए ।

खुम्बु पासाङल्हामु गाउँपालिका–४ मा रहेको होटल एभरेष्ट भ्यू बाट नरवणेले सर्वोच्च शिखर सगरमाथाको दृश्य अवलोकन गर्ने बताइएको छ ।