बलात्कार आरोपी एसएसपी राणाद्वारा आत्मसमर्पण
खबर एक्सप्रेस
२०७६-१०-१९ ११:०० मा प्रकाशित
Total Shares: 562
काठमाडौं - नेपाल प्रहरीका निलम्बित वरिष्ठ उपरिक्षक (एसएसपी) शौरभ राणाले आत्मसमर्पण गरेका छन् ।
बलात्कार आरोप लागेका राणाले आइतबार दिउँसो जिल्ला प्रहरी कार्यालय सुनसरीमा पुगेर आत्मसमर्पण गरेको सुनसरीका प्रहरी प्रमुख एसपी यज्ञराज पोखरेलले जानकारी दिए ।
राणाविरुद्ध बिहीबार जबरजस्ती करणीको कसूरमा किटानी जाहेरी परेपछि प्रहरीले पक्राउ गर्ने तयारी थालेको थियो ।
फेसबुक पेज Like गर्नुहोस