पछिल्लो २४ घण्टामा थप १८ जनामा कोरोना संक्रमण पुष्टि
खबर एक्सप्रेस
२०७९-०१-१० ०४:३४ मा प्रकाशित
Total Shares: 205
काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ४ हजार ९४७ नमुना परीक्षणका क्रममा १८ जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो ।
त्यस्तै कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको भएको छैन भने थप १७ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या २८३ रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस