काठमाडौं - नेपाल प्रहरीका पूर्वडीआईजी छविलाल जोशीलाई सहकारी ठगीमा अनुसन्धान गर्न पोखराबाट पर्सा लगिएको छ ।

सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा पक्राउ परेका गोर्खा मिडियाका पूर्व सञ्चालकसमेत रहेका उनलाई आइतबार बेलुका पोखराबाट गाडीमा पर्सा लगिएको थियो ।

उनीसँगै रामबहादुर खनाललाई पनि सानोपाइला सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा अनुसन्धान गर्न पर्सा लगिएको हो । स्रोतका अनुसार उनीहरु दुबै जनालाई आज बिहान पर्सा पुर्‍याइएको छ ।