कर्णालीका नेता शाहीद्वारा सरकारी गाडी फिर्ता
खबर एक्सप्रेस
२०७७-०२-२३ ०२:२४ मा प्रकाशित
Total Shares: 532
काठमाडौं - नेपाली कांग्रेस कर्णाली प्रदेश संसदीय दलका नेता जीवनबहादुर शाहीले सरकारी गाडी फिर्ता गरेका छन् । विपक्षी दलको नेताको हैसियतमा उपलब्ध भएको गाडी उनले फिर्ता गरेका हुन् ।
कर्णालीका नेताहरूको महँगो गाडी चढ्ने हैसियत नभएको भन्दै शाहीले बिहीबार साँझ नै गाडी बुझाएको संसद् सचिवालयले जनाएको छ ।
गरिब प्रदेशका मन्त्री, सांसदहरूले महँगा गाडी चढेको भनेर चौतर्फी आलोचना हुने र मुख्यमन्त्री, मन्त्री, सबैले गरिब प्रदेश भन्ने गरेपछि आफूले सुविधाबापत पाएको गाडी फिर्ता गरेको शाहीले बताए ।

.gif)




फेसबुक पेज Like गर्नुहोस