इंग्लिस प्रिमियर लिग: लिभरपरको जितमा नुनेजको गोल
खबर एक्सप्रेस
२०७९-०७-०३ ०८:५७ मा प्रकाशित
Total Shares: 215
काठमाडौं - इंग्लिस प्रिमियर लिग अन्तर्र्गत बुधबार राति भएको खेलमा लिभरपुलले वेस्ट ह्याम युनाइटेडलाई १-० ले पराजित गरेको छ ।
बुधबार राति घरेलु मैदानमा लिभरपुलको जितमा २२औं मिनेटमा डार्विन नुनेजले निर्णायक गोल गरे । जितसँगै १० खेलबाट १६अंक जोडेको लिभरपुल सातौं स्थानमा छ । वेस्टह्याम ११ अंक सहित १३औं स्थानमा छ ।
फेसबुक पेज Like गर्नुहोस