बुढीगण्डकी जलविद्युत् आयोजना नेपालकै लगानीमा निर्माण गरिने
खबर एक्सप्रेस
२०७९-०२-१० ०५:४४ मा प्रकाशित
Total Shares: 605
काठमाडौं - नेपालकै लगानीमा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गरिने भएको छ ।
संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालकै लगानीमा बुढीगण्डकी जलविद्युत् आयोजना निर्माण गरिने जानकारी दिएकी हुन् ।
सरकारले १२ सय मेगावट बुढीगण्डकी जलविद्युत् आयोजना नेपालकै लगानीमा निर्माण गर्ने भएको हो ।
साथै पश्चिम सेती, तल्लो अरुण र सेती रिभर–६ को निर्माण कार्य पनि आगामी आर्थिक वर्षबाटै सुरु गरिने राष्ट्रपति भण्डारीले जानकारी दिइन् ।
फेसबुक पेज Like गर्नुहोस