राजसंस्था र हिन्दुराष्ट्रको लागि भएको आन्दोलनमा राप्रपाको समर्थन
काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताएका छन् । सोमबार पार्टी कार्यालयमा भएको एक कार्यक्रममा बोल्दै उनले उक्त कुरा बताएका हुन् ।
अध्यक्ष थापाले स्वःस्फूर्तरुपमा देशभर भएको आन्दोलनमा आफूहरुको ऐक्यबद्धता रहेको बताएका हुन् । साथ उनले आन्दोलनलाई उत्सुकतापूर्वक हेरिएको पनि बताएका छन् ।
साथै, अध्यक्ष थापाले, राजा आउ देश बचाउ होइन, जनता आउ देश बचाउँ भन्न पनि आग्रह गरेका छन् । उनले जनताले राजालाई ल्याएर राजा र जनता मिलेर देश बचाउनुपर्ने बताए ।
पार्टीका अर्का अध्यक्ष पशुपतिशमशेर राणाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाको आन्दोलनलाई राप्रपाले निष्कर्षमा पुर्याउने बताएका छन् ।
पछिल्लो केही समययता देशका बिभिन्न ठाउँहरुमा राजसंस्था पुनःस्थापनाको माग गर्दै प्रदर्शन भएका छन् । जहाँ हजारौं सर्वसाधरणहरुको उपस्थिति रहेको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस