डा. बाबुराम भट्टराईसँगको अन्तर्वार्तापछि रेडियो नेपालले हटायो
काठमाडौं - पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्मा ओलीको बारेमा व्यक्त गरेको विचारप्रति रेडियो नेपालले क्षमा मागेको छ । सोमबार बिहान साढे ६ बजे प्रशारण भएको अन्तर्वार्तामा डा. भट्टराइले व्यक्त गरेको धारणप्रति रेडियो नेपालले क्षमा मागेको हो ।
डा. नबराज लम्सालले डा. भट्टराईसँग प्रत्यक्ष रुपमा अन्तरसंवाद कार्यक्रममा कुराकानी गरेका थिए । तर, डा. भट्टराईले बोलेको अभिव्यक्तिले आफूहरुलाई दुःखी तुल्याएको भन्दै रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्कीले सोमबार विज्ञप्ती निकालेका हुन् ।
विज्ञप्तीमा भनिएको छ ‘समाचार महाशाखा प्रमुख डा. नवराज लम्सालद्वारा सञ्चालित उक्त कार्यक्रममा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई अतिथिका रूपमा निम्त्याइएकोमा उहाँले सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीज्यूप्रति लक्षित गरी प्रयोग गर्नुभएको भाषा र विचारले हामीलाई दुखी तुल्याएको छ ।’
फेसबुक पेज Like गर्नुहोस