संसदमा प्रम ओलीको सम्बोधन : 'सरकारले दुई वर्ष पूरा गर्नुपनि एउटा उपलब्धी हो '
काठमाडौं - प्रधानमन्त्री केपी शर्मा ओलीले स्थिर सरकार स्थापति हुनु ठूलो सफलता भएको बताएका छन् । सरकार दुई बर्ष पुुगेको अवसरमा आज प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै उनले स्थिर सरकारलाई उपलब्धीको रुपमा उल्लेख गरेका हुन् ।
देशमा एउटै पार्टीको एउटै सरकारले दुई वर्ष पूरा गर्नुपनि एउटा उपलब्धीका रुपमा लिनुपर्ने उनको भनाइ थियो । उनले चालु आर्थिक वर्षलाई विकासको आरम्भको वर्षका रूपमा लिएको पनि बताए ।
बलियो जगमा उभिएको सरकार भएकाले काम गर्ने शैली फरक रहेको सरकारको रहेको प्रधानमन्त्री ओलीले बताए । उनले आफ्नो कार्यकालमा नयाँ कानूनको निर्माण भएको, आर्थिक बृद्धिदर बढेको, सडक लगायतका पूर्वाधार निर्माण भएको पनि उल्लेख गरे ।
'लामो समय ६/७ महिनामा सरकार फेरिइरहने विगतको स्थिरतालाई ध्यानमा राख्दा हाम्रो देशमा एउटै पार्टीको एउटै सरकार स्थापना गर्नु दुई वर्ष पूरा गर्नु पनि एउटा उपलब्धिका रुपमा लिनुपर्ने अवस्था आउँदो रहेछ', ओलीले भने। आफूले पहिलो वर्षलाई आधार वर्ष र दोस्रोदेखि पाँचौँ वर्षसम्मलाई उपलब्धि वर्षका रुपमा लिएको प्रधानमन्त्री ओलीको भनाइ छ।
अल्पकालीन सरकारले क्षणिक लोकप्रिय कार्यक्रम गर्ने र स्थायी सरकारले तत्कालीन, अल्पकालीन र दीर्घकालीन लक्ष्यसहित काम गर्ने भन्दै ओलीले आफूले विस्तारै काम गरिरहेको दाबी गरे। नेपाल तीव्र आर्थिक विकास गरिरहेको सूचीमा शीर्ष १० देशभित्र रहेको भन्दै उनले लगातार तीन वर्षको आर्थिक वृद्धिदर ६ दशमलव ५ प्रतिशतभन्दा माथि रहेको बताए। गरिबी १ दशमलव ५ प्रतिशतले कमी आएको उनको दाबी छ।
यो अवधिमा पुराना बेरोजगार सबैले काम नपाए पनि नयाँ बेरोजगार नथपिएको जिकिर गरे। यो वर्ष ५५ वटा कानुन निर्माण भएको र मौलिक हकहरु कार्यान्वयनमा आएको पनि उनले उल्लेख गरे। तुइन विस्थापनको कार्य तीव्र गतिमा अघि बढिरहेको भन्दै प्रधामन्त्री ओलीले अब विस्थापन हुनका लागि डेढदर्जन तुइन पनि बाँकी नरहेको उनले बताए।
करको दर बढाइएको भन्ने भ्रम चिर्नुपर्ने भन्दै प्रधानमन्त्री ओलीले करको दर नभई दायर बढाइएको बताए। कुल व्यापार घाटा पनि विगतको तुलनामा ६ दशमलव १ प्रतिशत गिरावट आएको उनले बताए।
फेसबुक पेज Like गर्नुहोस