काठमाडौं - नेपालको अग्रणी वाणिज्य बैंक, नबिल बैंक र नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघबीच स्थानिय तयारी पोशाक उत्पादन व्यवसायीलाई आवश्यकता अनुसार बैंकको कर्जानितिको अधिनमा रहेर विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्ने सम्झौता गरेको छ ।

एस.एम.ई. तथा लघुवित्त, नबिल बैंकका प्रमुख निरज कुमार बस्नेत (डनिल) र एन.एस.टी.पि.उ.एसका अध्यक्ष किशोर नेपालले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । सो कार्यक्रममा नबिल बंैकको तर्फबाट मनोज कुमार यादव, प्रबन्धक–लघुवित्त विभाग र एन.एस.टी.पि.उ.एसको तर्फबाट सुमित प्रधान, उपाध्यक्षको उपस्थिति थियो । 

साझेदारीको बारेमा बोल्दैै बस्नेतले भने, “राष्ट्रको विकास केवल स्थानीय व्यवसायको उत्थानसँगै दिगो सीपको विकास, उत्पादनमा बृद्धि, रोजगारी सिर्जना र सजिलो वित्तिय पहुँचको माध्यमबाट मात्र सम्भव छ भन्ने कुरामा नबिल बैंक विश्वास राख्दछ । यस रणनीतिक साझेदारीसँगै बैंकले देशको आर्थिक विकासमा योगदान पु¥याउने लक्षयका साथ स्थानीय तयारी पोशाक निर्माताहरुलाई उनीहरूको व्यवसाय बढाउन  आवश्यक साना तथा मझौला कर्जा लगायत बिभिन्न प्रकारका बैंकिङ्ग सुविधा उपलब्ध गराउने छ । नबिल बैंक देशको एक जिम्मेवार कर्पोरेट नागरिकको रुपमा एन.एस.टी.पि.उ.एस संगको यस सहकार्य मार्फत देशभरका स्थानीय व्यवसायिहरुको “मेक इन नेपाल“ उत्पादनहरुलाई प्रोत्साहन गरि सहयोग पु¥याउन उत्साहित छ ।”

त्यस्तै नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघका अध्यक्ष नेपालले भने “नेपाली उत्पादनहरू प्रयोग गरौं, राष्ट्र निर्माणमा सहयोग गरौं’ भन्ने मुल नाराका साथ नेपाल स्थानिय तयारी पोशाक उत्पादन संघ स्थापना भएको छ । आयात प्रतिस्थापन गरी स्वदेशी वस्तुमा आत्मनिर्भर हुँदै जाने क्रममा स्वदेशी उत्पादन तयारी पोशाक एउटा ठुलो सम्भावना र आशाको किरण तथा सम्बृद्धीको बाटो हुनेमा हामी विश्वस्त छौ ।”