चराको गुँड हेर्न रुख चढेका बालकको खसेर मृत्यु
खबर एक्सप्रेस
२०७८-०३-०१ १२:४८ मा प्रकाशित
Total Shares: 507
काठमाडौं, गोरखा - धार्चे गाउँपालिका-२ रुन्चेतका एक बालकको रुखबाट खसेर मृत्यु भएको छ ।
घर नजिकै रहेको रुखमा चराको गुँड हेर्न भनी चढेका १० वर्षीय साजन घलेको रुखबाट लडेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए ।
रुखबाट खसेर गम्भीर घाइते भएका घलेको गोरखा अस्पतालमा उपचारका क्रममा गए राति मृत्यु भएको उनले बताए । घटनालगत्तै उद्धार गरी स्थानीय गाउँघर क्लिनिकमा उपचारपछि घाइते बालकलाई उपचारका लागि अस्पताल ल्याइएको थियो ।
बालकको रुखबाट खसेर करिब १५ फिटमुनि भिरमा पुगेको अवस्थामा उद्धार गरिएको स्थानीयवासीको भनाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस