नेपाली कांग्रेससहित १० दलले बुझाए समानुपातिकतर्फको बन्दसूची
काठमाडौं - नेपाली कांग्रेसले आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फका ११० जना उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा बुझाएको छ ।
समानुपातिकको बन्दसूचीमा पदाधिकारीबाट सहमहामन्त्री भीष्मराज आङ्दाम्बे मात्रै परेका छन् ।
यसपटकको सूचीमा विगतमा समानुपातिकमा अवसर पाएकाहरुलाई नदोहोर्याइएको कांग्रेसले जनाएको छ ।
निर्वाचन आयोगमा समानुपातिकतर्फका उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम म्याद आज भएपनि सरकारी कार्यालय खोलिने समयसम्म १० दलले समानुपातिक उम्मेदवारको सूची बुझाएका छन् ।
निर्वाचन आयोगका अनुसार, ३ दलले आइतबार र ७ दलले सोमबार समानुपातिकको बन्दसूची बुझाएका हुन्।
आगामी फागुन २१ मा हुने निर्वाचनका लागि समानुपातिकतर्फको बन्दसूची बुझाउने आज अन्तिम दिन भएकाले राजनीतिक दलहरूलाई भ्याइनभ्याइ देखिएको छ ।
अहिलेसम्म पनि राजनीतिक दलका प्रतिनिधिहरु निर्वाचन आयोगमा काम गरिरहेका छन् ।

.gif)




फेसबुक पेज Like गर्नुहोस