बढ्यो सुनको मूल्य
खबर एक्सप्रेस
२०७७-०७-०५ ११:२१ मा प्रकाशित
Total Shares: 341
काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोलामा ८ सय रुपैयाँले बढेर ९५ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको ९५ हजार रुपैयाँ रहेको छ ।
आज चाँदीको मूल्य पनि बढेको छ । बुधबार चाँदी प्रतितोलामा ३० रुपैयाँले बढेर १ हजार २ सय ४० रुपैयाँमा कारोबार भैरहेको छ ।
फेसबुक पेज Like गर्नुहोस