काठमाडौं - नविल बैंकले युनाइटेड फाइनान्सलाई गाभ्ने भएको छ । युनाइटेडसँग प्राप्ति सम्बन्धी सम्झौता पत्रमा शुक्रबार नै हस्ताक्षर समेत भएको छ ।

प्राप्ति सम्बन्धी सम्झौता पत्रमा नबिल बैंकका तर्फबाट मर्जर उदयकृष्ण उपाध्याय र यूनाइटेड फाइनान्सका तर्फबाट मनिष खेम्काले हस्ताक्षर गरे । उपाध्यक्ष नबिल बैंकको र खेम्का युनाइटेडको मर्जर समितिका संयोजक हुन् ।