काठमाडौं - पछिल्लो २४ घण्टामा नेपालमा थप १०  जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभर कूल ४ हजार ६९१ नमुना परीक्षणका क्रममा १० जनामा मात्र कोरोना संक्रमण पुष्टि भएको हो । 

त्यस्तै कोरोनाका कारण आज कसैको पनि मृत्यु भएको भएको छैन भने थप ३४ संक्रमित कोरोनामुक्त भएका छन् । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ३५० रहेको छ ।