काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले भोटेकोशी बाढीबाट भएको जनधनको क्षति, बेपत्ताको खोजी, उद्धार, राहत तथा पुनःस्थापनाका विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको छ ।
रास्वपा सभापति रवि लामिछानेको आह्वानमा बिहीबार बिहान ९ बजे सिंहदरबारस्थित रास्वपा संसदीय दलको कार्यालयमा बैठक बस्ने पार्टी प्रवक्ता जगदीश खरेलले जानकारी दिए ।
उनका अनुसार बैठकमा भोटेकोशी बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको अवस्था, बेपत्ताको खोजी, उद्धार तथा राहत अभियान र प्रभावित नागरिकको पुनःस्थापनाका विषयमा छलफल हुनेछ।
बाढी प्रभावित क्षेत्रमा राज्यका विभिन्न संयन्त्र तथा सुरक्षा निकायबाट खोजी, उद्धार र राहतका काम भइरहेका बेला त्यसलाई थप प्रभावकारी बनाउने उपायबारे बैठकमा साझा धारणा बनाउने प्रयास गरिने रास्वपाले जनाएको छ।

.gif)


