एमाले कार्यदलको पहिलो बैठक सकियो, गर्यो यस्तो निर्णय
खबर एक्सप्रेस
२०७८-०२-०४ ०४:४८ मा प्रकाशित
Total Shares: 300
काठमाडौं - नेकपा एमालेको कार्यदलको पहिलो बैठक सकिएको छ ।
आजको बैठकमा कार्यदलको कार्यक्षेत्र, कार्यविधि र आचारसंहिता तुरुन्त तयार गरी लागू गर्ने निर्णय भएको माधव पक्षका कार्यदल संयोजक भीम रावलले जानकारी दिए ।
‘पार्टी एकता र समझदारीलाई वृद्धि गर्न तथा एक-आपसमा अविश्वास, असहयोग र अन्तरविरोध सिर्जना हुने कामबाट अलग रहन पार्टी पंक्तिलाई हार्दिक आव्हान गर्ने निर्णय गरेको छ,’ रावलले बैठकपछि भने ।
आजको बैठकमा नेता शंकर पोखरेल र विष्णु पौडेल भने उपस्थित थिएनन् । बैठक भोलि पनि बस्ने रावलले जानकारी दिए ।
फेसबुक पेज Like गर्नुहोस