काठमाडौं - रणवीर कपुर र आलिया भट्ट स्टारर फिल्म ब्रह्मास्त्र शुक्रबारबाट सिनेमाघरमा रिलिज भएको छ । तर अयान मुखर्जीको फिल्म रिलिज भएको ३ घण्टामै अनलाइनमा लिक भएको छ । ४१० करोडको बजेटमा बनेको यो फिल्म धेरै पाइरेसी साइटमा एचडी क्वालिटीमा उपलब्ध छ । 

रिपोर्टका अनुसार 'ब्रह्मास्त्र' को एचडी प्रिन्ट तमिल रकर्स, मूवीरुल्ज, फिल्मिजिला, १२३ मुभिज, टोरेन्ट र टेलिग्राम जस्ता साइटहरूमा लिक भएको छ। यसले सकारात्मक समीक्षा र ठुलो अग्रिम बुकिङको बाबजुद, फिल्मको लिकले बक्स-अफिस नम्बरहरूलाई असर गर्न सक्ने चिन्ता व्यक्त गरिएको । यसका कारण फिल्मका निर्माताले ठुलो घाटा बेहोर्नु पर्ने हुनसक्छ ।

‘ब्रह्मास्त्र’ ले मिश्रित प्रतिक्रिया पाएको छ । यो फिल्म रिलिज हुनुअघि नै निकै चर्चा थियो । बहिष्कार प्रवृत्ति र मिश्रित समीक्षा पछि पनि अग्रिम बुकिङमा कुनै कमी छैन। फिल्मले ठुलो अङ्कले ओपनिङ गरेको छ । फिल्मले २८.५ करोड भारुको अग्रिम बुकिङ गरेको थियो।