एमालेको ११ औँ महाधिवेशन सन्देश प्रवाह गर्न आज देशभर संयुक्त भर्चुअल बैठक बस्दै
खबर एक्सप्रेस
१ घण्टा अगाडि
Total Shares: 31
काठमाडौं - नेकपा एमालेले ११ औँ महाधिवेशनका निर्णय र सन्देश देशैभरि प्रवाह गर्न आज सबै प्रदेश तथा ७७ वटै जिल्ला कमिटीको संयुक्त बैठक आयोजना गरेको छ।
पार्टीका महासचिव शङ्कर पोखरेलले भर्चुअल माध्यमबाट दिउँसो २ बजे पार्टी केन्द्रीय कार्यालयबाट बैठकलाई सम्बोधन गर्ने कार्यक्रम तय भएको छ। यस बैठकमार्फत महाधिवेशनले चुनेको नयाँ नेतृत्व, त्यसको कार्यभार र वर्तमान राजनीतिक अवस्थाबारे स्पष्ट सन्देश दिने तयारी गरिएको छ।

.gif)



फेसबुक पेज Like गर्नुहोस