काठमाडौं - जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष महन्थ ठाकुर पक्षका सांसदहरुको बैठक सुरु भएको छ ।

शुक्रबार मध्याह्न सिंहदरबारमा बैठक सुरु भएको एक जसपा नेताले जानकारी दिए । बैठकमा अर्का अध्यक्ष उपेन्द्र यादव र डा. बाबुराम भट्टराई पक्षका नेताहरुले भने बैठकबारे आफूहरुलाई जानकारी नभएको बताएका छन् ।