काठमाडौं - बुधबार नेपाली बजारमा सुनको मूल्य घटेको छ ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार छापावाल सुन प्रतितोलामा ६ सय रुपैयाँले घटेर ९४ हजार ५ सय रुपैयाँमा कारोबार भैरहेको छ । तेजावी सुन तोलाको मूल्य ९४ हजार रहेको छ । मंगलबार पनि सुन तोलामा ५ सय रुपैयाँले घटेको थियो ।

आज चाँदीको मूल्य पनि घटेको छ । बुधबार चाँदी प्रतितोलामा २० रुपैयाँले घटेर १ हजार २ सय ५ रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।