काठमाडौं - आज नेपाली बजारमा सुनको भाउमा सामान्य वृद्धि भएको छ । मंगलबार र बुधबार लगातार घटेको सुनको भाउ बिहीबार बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघकाअनुसार बुधबार प्रतितोला ७९ हजार ५ सयमा कारोबार भैरहेको छापावाल सुनको मूल्य बिहीबार प्रतितोलामा २ सयले बढेर ७९ हजार ७ सयमा कारोबार भैरहेको  हाे । यस्तै, बिहीबार तेजाबी सुन प्रतितोला ७९ हजार ४ सयमा कारोबार भैरहेको छ ।

यस्तै, आज चाँदीको भाउ भने घटेको छ । बिहीबार चाँदी प्रतितोला ५ रुपैयाँले घटेर ९ सय रुपैयाँमा कारोबार भैरहेको महासंघले जनाएको छ ।