काठमाडौं - पछिल्लो २४ घण्टामा कोरोनाका कारण १२ जनाको ज्यान गएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ९० पुगेको छ।  

देशभर ४ हजार ३ सय ६४ जनालाई कोरोना संक्रमण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार देशभर २४ घण्टामा १२ जनाको मृत्यु भएको छ।