सबै संसदीय समितिको बैठक बस्दै
खबर एक्सप्रेस
२०८०-०५-११ ०८:१४ मा प्रकाशित
Total Shares: 130
काठमाडौं - संसदीय समितिको बैठक बस्दैछ ।
प्रतिनिधिसभा निर्वाचन भएको नौं महिना पछि ९ वटा समितिको सभापति सर्वसम्मत चुनिए पछि आज संसदीय समितिको बैठक बस्न लागेको हो ।
संसद सचिवालयका अनुसार सवै समितिको बैठक दिउँसो ३ बजे बोलाईएको छ ।
उता, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापतिमा भने निर्वाचन हुने सम्भावना रहेको छ । जनमत पार्टीका अब्दुल खान र राष्ट्रिय स्वतन्त्र पार्टीका गणेश पराजुलीको उम्मेदवारी परे पछि सो समितिमा निर्वाचन हुने देखिएको हो ।
सत्तारुढ गठबन्धन र एमालेबीचको भागवण्डामा यो समिति जनमतले पाए पनि रास्वपाले पनि उम्मेदवारी दिए पछि सो समितिमा सम्भवतः निर्वाचन हुनेछ ।

.gif)




फेसबुक पेज Like गर्नुहोस