घट्यो सुनचाँदीको मूल्य, यस्तो छ आजको बजार भाउ
खबर एक्सप्रेस
२०८१-०९-१० ११:०९ मा प्रकाशित
Total Shares: 115
काठमाडौं - नेपाली बजारमा आज सुनचाँदीको मूल्य सामान्य घटेको छ। मंगलबार स्थिर रहेको सुनको मूल्य बुधबार प्रतितोला एक सय रूपैयाँ घटेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार सात सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार छापावाल सुन प्रतितोला एक लाख ४९ हजार आठ सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, बुधबार चाँदीको मूल्य पनि सामान्य घटेको छ। यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार आठ सय रूपैयाँमा कारोबार भइरहेको छ।
मंगलबार चाँदी प्रतितोला एक हजार आठ सय पाँच रूपैयाँमा कारोबार भएको थियो। यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला पाँच रूपैयाँ घटेको हो।

.gif)



फेसबुक पेज Like गर्नुहोस