गुल्मीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु
गुल्मी - कालीगण्डकी करिडोरअन्तर्गत रुद्रवेणी–पुर्तिघाट सडकखण्डमा आइतबार राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकल चालक स्याङ्जा, कालीगण्डकी गाउँपालिका–३ भुस्तुङ निवासी ३४ वर्षीय लक्ष्मण थापा र सोही ठाउँका ४५ वर्षीय गिरमान सिंह राना रहेका छन् ।
जिल्ला प्रहरी कार्यालय गुल्मीका अनुसार आइतबार राति करिब १० बजे सत्यवती गाउँपालिका–१ ठूलाबगर छल्दीस्थित रुद्रवेणीबाट चेमीतर्फ जाँदै गरेको लु३६प ३६२७ नम्बरको मोटरसाइकल सडकबाट करिब तीन मिटर तल खसेको थियो ।
दुर्घटनामा मोटरसाइकल चालक थापा र राना गम्भीर घाइते भएका थिए ।
दुर्घटनामा घाइते भएका थापाकोे टाउकोमा चोट लागेको थियो भने रानाको टाउको र खुट्टामा चोट लागेको थियो । उनीहरु दुवैजनाको उपचारका क्रममा प्राथमिक स्वास्थ्य केन्द्र रिडीमा गएराति नै मृत्यु भएको हो ।
आज बिहान घटनास्थलमा मुचुल्का गरी शव परीक्षणका लागि गुल्मी अस्पताल तम्घास पुर्याइएको प्रहरीले जनाएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस