कांग्रेस विशेष महाधिवेशन: सभापतिको मनोनयन शुल्क ३० हजार
खबर एक्सप्रेस
२०८२-०९-२९ ०२:५४ मा प्रकाशित
Total Shares: 16
काठमाडौं-नेपाली कांग्रेसको विशेष महाधिवेशन पक्षधरले निर्वाचनमार्फत् नयाँ नेतृत्व चयनको तयारी थालेको छ ।
जसअनुसार मनोनयन दर्ता दिउँसो २ बजेबाट ३ बजेसम्मका लागि तोकिएको छ भने राति ९ बजेबाट मतदान हुनेछ ।
निर्वाचन समितिका संयोजक वरिष्ठ अधिवक्ता सीताराम केसीले दिएको जानकारी अनुसार समितिले सभापतिदेखि केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनका लागि दस्तुर तोकेको छ ।
समितिले सार्वजनिक गरेको विवरणअनुसार केन्द्रीय उपसभापति र महामन्त्री पदका लागि २५ हजार शुल्क निर्धारण गरिएको छ ।
त्यस्तै, सहमहामन्त्री पदका लागि २० हजार तथा केन्द्रीय सदस्य पदका लागि १० हजार शुल्क तोकिएको छ ।

.gif)



फेसबुक पेज Like गर्नुहोस